
नारायणगढ–मुग्लिन र नुवाकोटको ठूलो खोलाको पहिरो हटाइयो

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको सिमलताल नजिकै ठूलो खोलामा आज बिहान खसेको पहिरो हटाइएको छ । पहिरो हटाइए पछि सडक आवागमन पुनः सञ्चालनमा आएको छ।
सोमबार बिहान ६:३० बजे सिमलताल नजिकै पहिरो खसेर सडक अवरुद्ध बनेको थियो। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। हाल पहिरो पन्छाइ सकिएकाले आवतजावत सहज बनेको छ।

