
प्रि ओपन सेसनमा १८ अंक घट्यो नेप्से

काठमाडाैं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १८ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.८८ अंक बढेर २७३४.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १८.१९ अंक घटेर २७१६.४१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०७ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको ११५ पटकको कारोबारमा ६७ लाख ८९ हजार २५३ रुपैयाँ ४२ पैसाबराबरको १ लाख २४ हजार ४१८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ४२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

