एनएमबि बैंकले सम्पन्न गर्यो २९औं बार्षिक साधारण सभा
काठमाडौँ । पुष महिनामा एकपछि अर्को गर्दै विभिन्न कम्पनीहरुको साधारण सभा सम्पन्न गर्ने लहर नै चलेको बेलामा यता एनएमबि बैंक आफ्नो सभा सम्पन्न गरेको छ । बैंकले दिएको जानकारी अनुसार सो वार्षिक सभा २९औं वार्षिक साधारण सभा हो भने आज त्रिभुवन आर्मि अफिसर्स क्लब काठमाडौँमा उक्त सभा सम्पन्न भएको हो।
यता कम्पनीका अध्यक्ष मनोज कुमार गोयल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सीलाई साक्षि राख्दै सेयरधनीहरुले आ-आफ्नो माग प्रस्तु गरे । हाल बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड तथा निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको बैंककले जानकारी दिएको छ । अहिले कूल २ सय १ शखा, १ सय ८७ एटिएम तथा ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान भइरहेको एनमएमी बैकले जानकारी दिएको हो ।