प्राविधिक प्रशिक्षणमा सक्रिय बन्दै अभिकर्ता : नेशनल लाईफका ४ सय एजेन्ट सहभागी
काठमाडौं । पछिल्लो समय बीमा अभिकर्ताहरुले एकपछि अर्को गर्दै नयाँ रेकर्ड तथा सफलता हात पर्ने क्रम जारी नै छ । ठीक यस्तै बेलामा उनीहरुको सक्रियता समेत प्रसंशनिय देखिएको हो ।
हाल नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका ४ सय भन्दा बढी अभिकर्ताहरु र बजारीकरण कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरिएको जनाइएको छ । उनीहरुलाई आफ्नो टार्गेट पूरा गर्न सफल भएकाले नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य मानिएका एजेन्ट तथा बजारीकरण कर्मचारीहरुलाई मात्रै सो अवसर दिइएको कम्पनीले जनाएको छ ।
तालिम छिमेकी राष्ट्र भारतको कोलकत्तामा भएको हो भने त्यसले अभिकर्ताहरुमा पुनर्ताजकि तथा नयाँ सीप विकासमा मद्धत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
यता कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे. सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगाएतले विभिन्न विषयमा विज्ञता प्रस्तुत गरेका थिए। उनले कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको सुरुवात गरेका थिए भने नेपालका धेरै एजेन्टहरुलाई एकसाथ भारतमा स्वागत गर्न पाउँन उनले शुभ भाव व्यक्त गरे ।