सूर्यज्योति लाइफको संस्थापक सेयर १ सय ५९ रुपैयाँमा बिक्रीमा
काठमाडौं । जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो करिब ९ लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ। सोही कम्पनीले ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक सेयर बेच्ने भएको हो।
यता, प्रतिकित्ता न्यूनतम १ सय ५९ रुपैयाँमा बिक्रीमा राखेको उक्त सेयरका लागि कम्पनीले पटक पटक सूचना जारी गरि सकेको छ । कम्पनीका अनुसार यस अघि संस्थापक सेयरधनीकालाई खरिद आह्वान गरिसकिएकाले र आगामी दिनमा अन्य इच्छुकले समेत किन्न सक्ने जनाइएको हो ।