
परामर्शदाता सडकमा : बोके बीमाको समेतकाे प्ले कार्ड

काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै सरोकारवालाले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरुले आज काठमाडौंमा प्लेकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको र सो नियमावलीका केही प्रावधान अव्यावहारिक रहेको भन्दै विरोध गर्दै आएको छ । इक्यानले हाल एक वर्षका लागि मात्रै कायम गरिएको अनुमतिपत्रको अवधि पाँच वर्ष बनाउनुपर्ने, शैक्षिक मेला, सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनुपर्ने र पहिलेदेखि सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू गर्न नहुने लगायतका माग गरेका छन् ।





