
बिपीए पुरस्कार २०२५ पाउँदा थप जिम्मेवारी थपिएको छ : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

आईजीआई प्रुडेन्सियल इस्योरेन्स कम्पनी लिमिटेडले ’राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (द्यएब्) पुरस्कार २०२५’ प्राप्त हुँदा थप जिम्मेवारी बढेको जनाएको छ । पारदर्शी प्रतिवेदन, सुदृढ संस्थागत सुशासन र उत्कृष्टताप्रति को हाम्रो समर्पणको कदरस्वरूप उक्त पुरस्कार प्राप्त भएको कम्पनीको भनाइ छ ।
‘यो उपलब्धि हाम्रा कर्मचारी, ग्राहक, सेयरधनी र साझेदारहरूमा समर्पित छ, जसले हामीप्रति निरन्तर विश्वास राख्दै आउनुभएको छ । हाम्रो यात्राको सहयात्री बन्नुभएकोमा यहाँहरूलाई धन्यवाद,’ कम्पनीले भनेको छ । साथै कम्पनीले अझ ठूलो उद्देश्य र प्रतिबद्धताका साथ सँगै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

