नेपाल लाइफ क्यापिटलले सम्पन्न गर्यो एघारौं वार्षिक साधारणसभा
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारण पुस १९ गते काठमाडौंमा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ।
सोही सभाले आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र नयाँ सञ्चालक समिति चयन गरेको जनाइएको हो।
यता, नयाँ सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन्।
साथै, साधारण सभापछि बसेको ११०औं सञ्चालक समितिको बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको कम्पनीले जनाएको छ।