
पुनरागमन जितसहित पोर्चुगल विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । तर, पोर्चुगलले पुनरागमनसहित जित निकालेको हो । टोरेन्टो स्टेडियममा भएको खेलको अतिरिक्त सयममा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले जित निकालेको हो । खेलकाे ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–० को अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले लगातार आक्रमण जारी राखेको थियो । खेलको ६८ औँ मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
अब पोर्चुगलले प्रिक्वाटरफाइनलमा स्पेनसँग खेल्ने छ ।

