
त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं । सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो । थापा पूर्वाधार विज्ञ हुन् ।

