शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्ष बने पौडेल
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्ष पदमा थानेश्वर पौडेललाई चयन गरिएको छ। पौडेललाई बैंकको पुस १९ गते सम्पन्न साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।
यता, संचालकतर्फ संस्थापक समूहका ई. सुरज उप्रेती तथा विरेन्द्र भुसाल चयन भएको छन् । त्यस्तै, सर्वसाधारणको तर्फबाट भने विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराई चयन भएको बैंकले जानकारी दिएको हो ।
स्वतन्त्र सञ्चालक तर्फका प्राध्यापक गोपाल पाण्डे भने यसअघि नै निर्वाचित भएको जनाइएको छ। बैंकको प्रधान कार्यालय बुटबलमा रहेको छ ।