बजारबाट राष्ट्र बैंकले ५० अर्ब निकाल्दै
काठमाडौं । बैंक वित्तीय क्षेत्रबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । पछिल्लो समय देखिएको तरलता व्यवस्थापनका लागि उक्त रकम खिच्ने भएको बुझिएको छ । त्यसरी रकम निकाल्नको लागि तीन साताको अवधि तोकिएको हो ।
सोही प्रयोजनर्थ निक्षेप बोलकबोलका लागि आईतबार दिउँसो २ बजे सम्मको अवधि तोकिएको छ। यता इच्छुक बैक वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा सहजै निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउँने राष्ट्र बैंकले जानकारी दिएको छ।