
गण्डकी सरकार : आगामी आर्थिक वर्षका लागि ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट



काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै समृद्धि र विकासलाई प्राथमिकतामा राखिएको बताए।
कुल बजेटमध्ये पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख (६०.६८ प्रतिशत), चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख (३८.५६ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्रोततर्फ संघीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख र रोयल्टीबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।


