
६६ अर्बकाे बजेट ल्याउँदै बागमती प्रदेश, मन्त्रिपरिषद्बाट स्वीकृत



हेटाैंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे लागि ६६ अर्ब हाराहारीकाे बजेट ल्याउने तयारी गरेकाे छ ।
आर्थिक मामिला तथा याेजना मन्त्रालय स्राेतका अनुसार ६६ अर्ब हाराहारीकाे बजेट प्रस्तुत गर्ने तयारी भइरहेकाे हाे । आज ४ बजेकाे मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे सिफारिसमा आगामी आवकाे बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेकाे छ । बजेटमा भाैतिक पूर्वाधारलाई प्राथमिकता दिइएकाे बताइएको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट ल्याएकाे थियाे ।


