
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
बन प्रयोगको स्वीकृति पाउनेमा तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

