
पुनः गृहमन्त्री बन्दै सुधन गुरुङ, आजै शपथ

काठमाडौं । सुधन गुरुङ फेरि गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । त्यस पछि उनले राजीनामा दिनु परेको थियो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गुरुङलाई गृहमन्त्री नियुक्त गर्न लागिएको हो । उनको आजै शपथ ग्रहणको तयारी पनि गरिएको जनाएको छ । शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको बताइएको छ । आजै अपराह्न ३ बजे शपथ ग्रहणको तयारी गरिएको छ ।
यसअघि विवादमा आएपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले सफाइ दिएपछि उनी फेरि गृह मन्त्रालय फर्किन लागेका हुन् ।

