
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

