नेपाल लाइफका मुक्तीनाथ काप्री, सन् २०२५ को पहिलो दिनमै एमडीआरटी बन्न सफल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध मुक्तीनाथ काप्री एमडीआरटी बन्न सफल भएका छन् । उनी सन् २०२५ को सुरुवातीसँगै पहिलो दिनमा नै एमडीआरटी बन्न सफल भएका हुन् ।
विश्वव्यापी अभिकर्ताहरुको प्रतिष्ठीत संगठन (मिलियन डाउन राउण्ड टेबल) को समस्य बन्न जुन कुनै अभिकर्ताले सपना पाल्ने गर्छन् । तर, त्यस्तो सफलता हात पार्न केही सक्रिय अभिकर्ताहरु मात्रै सफल हुने गर्छन् । पछिल्लो समय अभिकर्ताहरुको बिचमा स्वस्छ, व्यावसायीक प्रतिस्पर्धा बढिरहेको बेलामा उनीहरुले एकपछि अर्को एमडीआरटीको सूचीमा नाम बढाई रहेको तथ्यांकमा देखिन्छ ।
तर, नेपाल लाइफका काप्रीले भने त्यस्ता अभिकर्ताहरुको बिचमा पनि आफ्नो थप नयाँ र उच्च छवि स्थापित गर्न सफल भएका छन् । नेपाली बीमा क्षेत्रमा उनले एक किसीमको रेकर्ड ब्रेक गरेका छन् ।
आगामी सन् २०२६ का लागि एमडीआरटी क्वालिफाइड भएका नेपाल लाइफका काप्री नारायणगढ शाखामा कार्यरत रहेको कम्पनीले जनाएको छ । उनलाई आगामी दिनमा थप व्यावसायीक सफलता मिलोस् भन्ने शुभकामना सहित नेपाल लाइफ इन्स्योरेन्स परिवारले समेत खुशीयाली साटेको हो ।