
द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड



काठमाडौं । काठमाडौं तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । भने, सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने भएको छ । यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले छुट्याएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।


