
सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य भारी वृद्धि भएको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
आज सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १७६ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँ रहेको थियो ।

