
अमेरिकाद्वारा इरानमाथि हवाई आक्रमण



काठमाडौं । केहीबेर अघि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेकोछ । इरानले समुन्द्रमा तैनाथ गरेको बोट तथा मिसाइल प्रक्षेपण केन्द्रहरुलाई निशाना बनाइएको अलजजिराले जनाएको छ । अमेरिकी हवाई आक्रमणमा परी चार जना रिभोलुशनरी गार्डका सैनिकहरु मारिएको टाईम्स अफ इजरायलले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
अमेरिकी विशेष सैनिक विभाग सेन्टकमले प्रतिरक्षाको लागि इरानमाथि हवाई आक्रमण गरेको पुष्टी गरेका छ । इरानको दक्षिणी शहर बन्दर अब्बासमा आज विहानै कम्तीमा तीन वटा विस्फोटका आवाजहरु सुनिएका थिए । क्षतिको विवरण प्राप्त भइसकेको छैन । वार्ताका लागि इरानका उच्च वार्ता टोली कतारमा रहेका बेला सो आक्रमण भएको हो । यसले वार्तालाई प्रभावित बनाउने विश्वास गरिएको छ ।
इजरायलले इरानको युरेनियम नष्ट नभएको भन्दै अमेरिकालाई वार्ता नगरी युद्धमा जानुपर्ने भन्दै उचाल्दै आएको छ । आइतबारसम्म मिल्नै लागेको वार्तालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भाँजो हाल्दै अनेकन तिकडम गरेर अबरोध सिर्जना गरिरहेका छन् ।
पछिल्लो पटक इजरायल अझै इरानमाथि सैन्य आक्रमण गर्नुपर्ने अडानमै रहेकोछ । इजरायलले झुक्याएर सैन्य आक्रमण गर्दै आयोतोल्ला खामेनीका छोरा आयोतोल्ला मोज्ताबाको हत्या गर्न खोजिरहेको छ । त्यसको लागि वार्ताको नाटक गर्दै अल्झाउने र सूचना पाउने वित्तिकै बंकर ब्रष्टर बम प्रहार गरेर सिध्याउने रणनीतिमा इजरायल रहेको छ । सो रणनीति इजरायलले राम्रोसँग बुझिसकेको छ । र, सोही बमोजिम नेतृत्व व्यवस्थापन गरिसकेको इरानी सञ्चार माध्यमहरुले जनाएको छ ।
जसको घातक परिणाम विश्वास गुम्दै जाने र वार्ताको वातावरण बनाउनै नसकिने अवस्थामा हुने देखिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा यस्तो व्यवहारले युद्ध मात्रै विकल्प बाँकी राख्ने स्थिति आउन सक्ने रुपमा विश्लेषण गरिएको छ ।
इरानले मध्यपूर्वका आठ भन्दा बढि देशहरुमा १४ स्थानमा रहेको अमेरिकी सेना हटाउनुपर्ने, आफूमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्ने, फ्रिज गरिएको सबै इरानीहरुको सम्पत्ति फुकुवा गर्नुपर्ने लगायतका शर्तहरु वार्तामा अघि सारिसकेको छ । यसअघिको ३६ दिनको युद्धमा अमेरिका करिब आठ ठाउँमामा रहेका अमेरिकी एयरबेसहरु ध्वस्त भइसकेको रिपोर्ट सिएनएनले प्रशारित गरिसकेको छ । अब युद्ध भएको अवस्थामा इरानले बचेखुलेका सबै अमेरिकी सैनिक अखडा, युद्धकै अवधीमा इजरायलको सहयोग लिने दुबईमाथि भिषण हमला गर्ने अनुमान गरिएको छ ।
दुबईमा करिब पाँच लाख नेपालीहरु कार्यरत रहेका छन् । अब युद्ध भड्किएको अवस्थामा दुबईमा रहेका नेपाली श्रमिकहरुको अवस्था चिल्लीबिल्ली हुने सम्भावना पनि उत्तिकै छ । पछिल्लो पटक पाकिस्तानले अमेरिका र इरानबीचको युद्धमा मध्यस्थता गरेर ऐतिहासिक भूमिका खेलिरहेको छ । पाकिस्तानले नेतृत्व गरिरहेको वार्ता सफल उच्च पाकिस्तानी नेतृत्व यतिबेला चीन भ्रमणमा रहेको बेला अमेरिकाले इरानमाथि सैनिक हमला गरिदिएको छ ।


