
‘मिस सिनियर आइडल’मा आरियाको जीत, ‘मिस जुनियर आइडल’मा आकांक्षाको बाजी



काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन–३’ को ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको छ । काठमाडौंको तीनकुनेस्थित रोयल म्याजेस्टिक इभेन्ट्समा आयोजित कार्यक्रममा विभिन्न विधाका विजेताको घोषणा गरिएको हो ।
प्रतियोगितामा ‘मिस सिनियर आइडल’को आरिया खत्रीले जितिन् । महिमा दाहाल प्रथम रनरअप तथा उमी थापा द्वितीय रनरअप बने । पब्लिक च्वाइस अवार्डसमेत आरिया खत्रीले नै जितिन् । त्यसैगरी, ‘मिस लिटिल जुनियर’तर्फ आरुन्या राई विजेता बनिन् भने दिप्सना खतिवडाले पब्लिक च्वाइस अवार्ड हात पारिन् । ‘मिस जुनियर’तर्फ आकांक्षा लामा विजेता घोषित हुँदा निलाश्री प्रसाई प्रथम रनरअप र सान्भी पराजुली द्वितीय रनरअप बने । समृद्धि राउत पब्लिक च्वाइस अवार्डबाट सम्मानित भइन् ।
‘मिस्टर आइडल’तर्फ समीप बुढाथोकी विजेता बने भने प्रियान्स आचार्य फ्रस्ट रनरअप र रेहान श्रेष्ठ सेकेण्ड रनरअप घोषित भए । रिजोन पौडेलले पब्लिक च्वाइस अवार्ड जिते । यस सिजनमा लिटिल जुनियरतर्फ ६ देखि ८ वर्ष, जुनियरतर्फ ९ देखि १२ वर्ष तथा सिनियरतर्फ १३ देखि १५ वर्ष उमेर समूहका प्रतियोगीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताअघि सहभागीलाई एक महिनासम्म प्रशिक्षणसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
बालबालिका तथा किशोर–किशोरीमा लुकेका प्रतिभा उजागर गर्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व विकासमा सहयोग पुर्याउने तथा कला प्रदर्शनका लागि उपयुक्त प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्पार्कल इन्टरटेन्मेन्टले जनाएको छ ।
कार्यक्रममा स्पार्कल इन्टरटेन्मेन्टकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नितु श्रेष्ठले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइन् । यसअघि सम्पन्न दुई सिजनले पनि उल्लेखनीय चर्चा पाएका थिए । पहिलो सिजनमा लिटिल जुनियरतर्फ रियान्शु दाहाल, जुनियरतर्फ पूर्णिमा थापा, सिनियर मिस आइडलमा श्रृष्टि बम्जन तथा मिस्टर आइडलमा अनमोल उप्रेती विजेता बनेका थिए । दोस्रो सिजनमा जुनियरतर्फ कृषा हुमागाई, सिनियर मिस आइडलमा स्वीकृति पुन र मिस्टर आइडलमा प्रभाव राईले उपाधि जितेका थिए ।


