
सुनचाँदीको मूल्य सामान्य घट्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँ रुपैयाँले घटेर ५ हजार ११५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ५० रुपैयाँ रहेको थियो ।


