मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ डिसीओमा बढुवा
काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई नायव प्रमुख कार्यकारी अधिकृतबाट वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो ।
ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर बाहिरिए पछि शुरूमा ज्ञवालीले नायब महाप्रबन्धक पदमा नबिल बैंकमा नियुक्ति लिएका थिए । २०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए ।