
स्कटल्याण्डले नेपाललाई दियो १९५ रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले नेपालाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटलयाण्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाए पछि नेपाले उक्त लक्ष्य पाएको हो ।
उसका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि अर्धशतक बनाए । यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए ।


