
आईपीएल क्रिकेट : चेन्नईमाथि लखनउको सहज जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । शुक्रबार राति लखनउमा भएको खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
लखनउका मिचेल मार्शले ९० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । चेन्नईका कार्तिक शर्माले ४२ बलमा ७१ रन जोडे । लखनउका आकाश सिंहले ३ विकेट लिए ।
अंकतालिकामा चेन्नई १२ खेलमा १२ अंकसहित छैटौँ र समान खेलमा ८ अंकसहित लखनउ पुछारमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन् ।


