ग्लोबल आइएमई बैंकले पायो डिजिटल कारोबारमा उत्कृष्ट कार्यसम्पादनका तीन पुरस्कार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल कारोबारमा उत्कृष्ट योगदान गरेको भन्दै विभिन्न तीन किसिमका पुरस्कारहरु पाउँन सफल भएको छ । बैंकले राष्ट्रिय क्लियरिङ्ग हाउस लिमिटेडबाट तीनवटा प्रतिष्ठित सम्मान प्राप्त गरेको हो।
यता बैंकले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर कार्ड सेवामा उत्कृष्टता, मोबाइल बैंकिङ र वैकल्पिक च्यानलमा उत्कृष्टता र डिजिटल कारोबार वाणिज्य बैंकहरू मा उत्कृष्टता गरी तीन विधाका पुरस्कार पाउँन सफल भएको जनाइएको छ।
पछिल्लो समय विश्वव्यावी रुपमा बढ्दै गएको प्रविधि मैत्री प्रणालीलाई आत्मसाथ गर्दै बैंकले अब्बल कार्य क्षमता समेत प्रस्तुत गर्दै आएको अवस्था छ । आगामी दिनमा ग्राहकहरुको सहजताका लागि अन्य नयाँ किसिमका योजनाहरु ल्याउँदै नेपाली बैंक वित्तीय क्षेत्रको उचाईलाई अझै गरिमामय बनाउँने विश्वास समेत बैंकले व्यक्त गरेको हो ।