राष्ट्र बैंकको प्रशासन सहायक द्वितीयको नतिजामा १२ महिला सिफारिस
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवा तर्फको सहायक द्धितीयको नतिजा सार्वजनिक भएको छ। सोही नतिजा अनुसार सिफारिसमा को को परे भन्ने विषय अहिले चर्चामा छ।
यता २० पदका लागि नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्ममा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक द्वितीयको लागि परीक्षा सञ्चालन गरेको थियो भने बैंकले नयाँ कर्मचारीका लागि खुल्ला प्रतियोगिताद्वारा लोक सेवा आयोगबाट लिखित परीक्षा लिएको हो। सोही परिक्षामा बैंकले नेपाल सरकारको समावेसी नियम अनुसार सहायक द्वितीय पदका लागि खुल्लामा ११ जना, महिलामा ४ जना, आदिवासी जनजातीमा २ जना, मधेशीमा २ जना, दलितमा १ जना माग भएको जनाइएको छ ।
राष्ट्र बैंकको उक्त पदका लागि लिएको परीक्षामा उत्तीर्ण भएका २० जनामध्ये १२ जना महिला रहेको अवस्था छ। खुल्ला ११ जना उम्मेदवारमा समेत ६ जना महिला सिफारिस भएका छन् भने नियुक्तिको पहिलो नम्बरमा नै महिला सिफिरिस भएकी हुन् ।
साथै, पहिलो नम्बरमा १४९७६ रोल नम्बर भएकी नवीना तामाङ परेकी छन् भने उनीपछि दोस्रो नम्बरमा सुशिला खतिवडा रहेकी छन् । त्यस्तै, खुल्ला तर्फ सुस्मिता महर्जन, योगेश खतिवडा, यशोदा उपाध्याय, प्रदिप साह तेली, प्रणव राज कोइराला, मोनिका कुमारी सिंह, प्रज्ञा पोखरेल, दिनिशा खाँण र अभिनाश दनुवार सिफारिस छनौटमा परेका छन् ।
प्रकाशित नतिजा अनुसार आदिवासी जनजातीमा सुमन प्रधान र अजिता राई, महिलामा सुनेना विश्वास, सुस्मिता बराल, पुष्पा कुमारी धिमाल, सुप्रभा अधिकारी, मधेशीमा सुनिल कुमार साह र मेघनाथ कुमार यादव र दलितमा दिपम वि।क सिफारिसका लागि छनौट भएका छन् ।
छनौट भएका उम्मेदवारहरूले नियुक्ति लिन बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा पुस १९ गतेभित्र आवेदन दिनु पर्ने छ भने स्वास्थ्य परीक्षणको प्रतिवेदन तथा अन्य अवस्था अनुकुल भएमा छनोट भएका उम्मेदवारलाई पुस २४ गते नियुक्ति दिइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।