
एभरेष्ट कलरको आईपीओ बाँडफाँड



काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । यसमा ९० हजार ८५५ जनाको आवेदन परेकोमा ९० हजार ८२० जनाको मात्रै आवेदन स्वीकृत भएको छ ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाविधिद्वारा आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा ७ हजार ९०० जना आवेदकले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ ।


