
ट्रायम्फ नेपालले वैशाख २७ देखि राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सुरु गर्ने



काठमाडाैं । ब्रिटिश मोटरसाइकल ब्रान्ड ट्रायम्फको अनुभवलाई नेपाली राइडरहरूमाझ थप सहज र पहुँचयोग्य बनाउन ट्रायम्फ नेपालले विशेष पहल थालेको छ।
गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले आगामी वैशाख २७ गतेदेखि जेठ १ गतेसम्म एक हप्ता लामो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ।
यस क्याम्पमा जुनसुकै ब्रान्डका मोटरसाइकल चलाइरहेका राइडरहरूले आफ्नो पुरानो बाइक साटेर नयाँ ट्रायम्फ मोटरसाइकल खरिद गर्न सक्नेछन्। राइडिङ समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउन कम्पनीले इटहरीको ह्याङआउट क्याफे, बुटवलको एल्डोराडो एभेन्यु, पोखराको लाकुसा क्याफे र भक्तपुरको गठ्ठाघर कम्प्लेक्स जस्ता विशेष स्थानहरू चयन गरेको छ।
राइडरहरूलाई आकर्षित गर्न कम्पनीले विशेष सुविधाहरू समेत ल्याएको छ। पुरानो मोटरसाइकलको उचित बजार मूल्याङ्कनमा थप १५,००० रुपैयाँ अतिरिक्त मूल्य प्रदान गरिनेछ। साथै, हुलास अटो फाइनान्स मार्फत न्यूनतम ४० प्रतिशत डाउन पेमेन्टमा सहज फाइनान्स सुविधा उपलब्ध गराइनेछ।
ग्राहकको सहजताका लागि झन्झटिलो कागजी प्रक्रिया बिना नै सोही दिन एक्सचेन्ज सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। प्रत्येक नयाँ मोटरसाइकलको खरिदमा प्रिमियम हेल्मेट, ट्याङ्क प्याड र डकुमेन्ट ब्याग निःशुल्क प्रदान गरिनेछ। यसका साथै, सहभागीहरूले ट्रायम्फको नयाँ ४०० सीसी सिरिजका Speed 400, Scrambler 400X र Scrambler 400XC को टेस्ट राइड पनि गर्न पाउनेछन्।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यो कार्यक्रम केवल बाइक एक्सचेन्जमा मात्र सीमित नभएर राइडर समुदायसँग जोडिने एउटा महत्त्वपूर्ण अवसर भएको बताए। उनले एक्सचेन्ज गर्ने योजना भएका वा केवल नयाँ मोडेलहरूको टेस्ट राइड अनुभव लिन चाहने सम्पूर्ण राइडरहरूलाई क्याम्पमा स्वागत गर्ने बताएका छन्।


