“गरिमा समृद्धि योजना” को सार्वजनिक निष्काशन तथा बिक्री चार दिनमा सम्पन्न भएको दाबी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक फण्ड स्पोन्सर तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना को रु. एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” को निष्काशन तथा बिक्री चार (४) कार्य दिनमा नै सम्पन्न गर्न सफल भएको दाबी गरिएको छ ।
गरिमा समृद्धि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको दश करोड इकाइहरू यही पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्काशन तथा बिक्री कार्य पौष ११ गते देखि लागू हुने गरी बन्द गरिएको कम्पनीले दाबी गरेको हो ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत सबैको यस्तै साथ, सहयोग तथा सद्भाव कायम रहोस् भन्ने विश्वास कम्पनीले व्यक्त गरेको सीईओ निर्मल भट्टराईले जनाएका छन् ।