निर्जीवन लघु बीमकले मंसिरसम्म संकलन गरे ३३ करोड ८८ लाख, नेपाल माइक्रो सबैभन्दा उत्कृष्ट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको व्यावसायीक तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तो तथ्यांक अनुसार सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने लघु निर्जीवन बीमकमा नेपाल माइक्रो इन्स्योरेन्स अग्रपंक्तीमा देखिएको हो ।
संचालनमा रहेको ४ वटा लघु बीमकहरुले मंसिर मसान्तसम्म ३३ करोड ८८ लाख रुपैयाँ संकलन गर्दा यता नेपाल माइक्रो इन्स्योरेन्स एक्लैले समिक्षा अवधिमा १० करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, उसको प्रतिस्पर्धी प्रोटेक्टीभ माइक्रोले भने जम्मा ८ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रोटेक्टीभ माइक्रोपछि स्टार माइक्रो इन्स्योरेन्सले ७ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने मंसिर मसान्तसम्म ७ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको तथ्यांकमा देखिन्छ ।
यसरी तुलनात्मक रुपमा हेर्दा निर्जीवन लघु बीमक भित्रको व्यावसाय एक अर्कामा प्रतिस्पर्धी ढंगले अघि बढेको छ भन्दा फरक नपर्ला । सोही व्यावसायीक विषयमा लघु निर्जीवन बीमकहरुको प्रतिक्रीया बुझ्दा आगामी दिनमा उनीहरुको व्यावसायीक तथ्यांक थप वृद्धि हुँदै जाने देखिन्छ ।
यस्तो छ तथ्यांक