
महङ्गीयो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लखा ९१ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो ।


