
नेपाल फाइनान्सको १० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा



काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।


