
चिउरामा ‘कुरुम कुरुम’ ब्राण्ड लेख्ने अधिकार हाइलाइफको मात्र



काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ ।
उद्योग विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा ‘कुरुम कुरुम’ ब्राण्डको अधिकार हाइलाइफको भएको निर्णय गरेको हो ।
हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालि बीच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता बदर गरेको हो ।
विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका नजिरहरूको अध्ययनपछि यस्तो चिउरामा कुरुम कुरुमको ब्राण्डको अधिकार हाइलाइफको भएको सुनाएको हो ।
नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालिले प्रयोग गर्दै आएको ‘हाइलाइफ’ नामक व्यापारिक चिन्ह र त्यससँग सम्बन्धित लेबल, डिजाइन, रङ्ग संयोजन तथा समग्र प्रस्तुति विरुद्ध रहेको थियो। उजुरकर्ताले सिक्सभिल्ला प्रालिले सोही चिन्हको रूप, बनावट र प्रस्तुति हुबहु नक्कल गरी आफ्नो नाममा दर्ता गराएको आरोप लगाएका थिए।


