
३३.८३ अङ्कले घट्यो शेयर बजार, ९ अर्बको कारोबार



काठमाडौं । बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। हिजो ३३.२७ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ३३.८३ अंकले नै घटेको हो ।
नेप्से परिसूचक सँग आज कारोबार रकम पनि घटेको छ। आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ।
हिजो ३४४ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर १० अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको थियो ।


