
आर्सनलको हारले प्रिमियर लिगको उपाधि दौड रोमान्चक



काठमाडौं । शीर्ष स्थानको आर्सनलको प्रिमियर लिग उपाधि दौडमा ठूलो झट्का बेहोरेको छ। एएफसी बोर्नमाउथले आज इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई २-१ ले पराजित गर्यो।
बोर्नमाउथका मिडफिल्डर एलेक्स स्कट ले ७४औँ मिनेटमा निर्णायक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। आर्सनलको फितलो प्रदर्शनको फाइदा उठाउँदै बोर्नमाउथले महत्वपूर्ण जित हात पारेको हो।
खेलको १७ औं जुनियर क्रुपीले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । त्यसपछि ३५ औं मिनेटमा आर्सनलका भिक्टर ग्योकेरेसले पेनाल्टीमा बराबरी गोल गरे। रायन क्रिस्टीको ह्यान्डबलपछि आर्सनलले पेनाल्टी पाएको हो।
तर त्यसपछि आर्सनलले खासै अवसर सिर्जना गर्न सकेन। खेलको अन्त्यतिर ग्योकेरेसले अर्को राम्रो अवसर पनि गुमाए।
हारका बाबजुद आर्सनल तालिकाको शीर्ष स्थानमा ९ अंकले अघि छ। तर दोस्रो स्थानमा म्यानचेस्टर सिटीको दुई खेल बाँकी छन् ।
अप्रिल १९ मा हुने महत्वपूर्ण खेलमा यी दुई टोली आमनेसामने हुनेछन्। यो जितपछि बोर्नमाउथ तालिकाको नवौँ स्थानमा उक्लिएको छ।


