सामाजिक उत्तरदायित्वमा अग्रसर बन्दै आइजीआई प्रुडेन्सियल, कालीकोटका आगलागी पिडितले पाए राहात
काठमाडौं। निर्जीवन बीमा क्षेत्रको आवद्ध भई विभिन्न सामाजिक काममा समेत सक्रिय रहदै आएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ।
कम्पनीले कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं ६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति भई उक्त गाउका २६ परिवार पूर्ण रुपमा आगलागीबाट क्षति भई विस्तापित भएकाले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रबाट आवश्यक सहयोगका लागी अनुरोध आएकोमा इन्स्योरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षति भएका विस्थापित परिवारलाई ४२ थान सिरक खरिद गरी कम्पनीको केन्द्रिय कार्यालय, नक्साल काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि सहयोग प्रदान गरेको जनाएको हो ।
राहात वितरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई गरेको जनाइएको छ। उक्त अवसरमा क्षति भई विस्तापित भएका परिवारलाई सहयोग गर्न पाएकोमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई सीईओ श्रेष्ठले आभार व्यक्त समेत गरेका छन् ।
कार्यक्रममा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीले समेत पीडितहरूको राहतका लागि गरिएको यस प्रयासको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट प्राप्त आर्थिक सहयोगका लागि पनि खुशी व्यक्त गरे।
आगलागी पीडितहरूको शीघ्र पुनःस्थापनाको कामना गर्दै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने बताइएको छ।