गरिमा विकास बैंकका लगानीकर्ताहरुले ५ प्रतिशत नगद लाभांश पाउँने
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई लक्षित गर्दै लाभांश घोषणा गरेको छ । बैंकको सो निर्णय अनुसार लगानीकर्ताहरुले एकल अंकको लाभांश पाउँने भएका हुन् ।
आजै बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई नगद लाभांश दिइने पक्का गरिएको हो।
साथै,बैंकले दिएको जानकारी अनुसार कर समेत गरी कुल ५ प्रतिशत नगद लाभांश दिएने छ भने अन्य बेला जस्तै नेपाल राष्ट्र बैंक र आगामी सभाले सदर गरेसँगै सो लाभांश लगानीकर्ताहरुले हात पार्ने छन् ।