लुम्बिनी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत लाभांश पाउने
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई लक्षित गर्दै लाभांश घोषणा गरेको छ । बैंकले घोषणा गरेको उक्त निर्णय अनुसार लगानीकर्ताहरुले ७ प्रतिशत लाभांश पाउँने भएका हुन् ।
यता, आजै पुस ५ गते शुक्रबार बसेको बैंककाले सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । त्यस्तै कुल लाभांशमध्ये ३ प्रतिशत बोनश शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने तयारी बैंकले गरेको छ । सो प्रस्ताव बैक वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी सभाबाट सदर भएसँगै लगानीकर्ताहरुको हातमा पुग्नेछ ।