सिद्धार्थ बैंकले सुरु गर्यो प्लाटिनम क्रेडिट कार्ड सेवा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्लाटिनम क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले सो भिषा कार्ड विशिष्ट श्रेणीको कार्ड रहेको जनाएको हो।
यही पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कायम रहेको नेपाल प्रिमियर लिगको खेल सक्किएसँगै सिद्धार्थ बैंकका (सीईओ) सुन्दर प्रसाद कडेलले सो कार्ड सार्वजनिक गरेका हुन् ।
बैंकका अनुसार प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वर्षमा दुई पटकसम्म एयरपोर्ट लंजमा निःशुल्क सेवा पाइने बताइएको छ। यता, ग्राहकहरुले सोही कार्डको प्रयोग गरी ४ सय ५० भन्दा बढि यूएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने पनि जनाइएको हो ।
बैंकका अनुसार सो कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ भने पहिलो ३ महिना भित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तरराष्ट्रिय ट्राभल कार्ड समेत दिइने भएको छ ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकको रहेको छ।
यस अघि पनि बैंकले प्रविधि मैत्री सेवालाई बढ्वा दिन ‘सिद्धार्थ रिवार्डस’ नामको लोयल्टी सेवा चलाएको थियो ।