
नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सेयर सूचीकृत



काठमाडौं । कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेपाल स्टक एक्सेचञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकबाट जारी भएको प्रतिसेयर मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार सेयर चैत २३ गते सूचीकृत भएको हो ।
उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।


