
पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न



काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले पुर्वमा रहेका आफ्ना डिलरहरुलाई समेटेर यहि आइतबार मोरङको बिराटचोक स्थित नेपालइरिका होटलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पुर्वका डिलर प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले कम्पनी र डिलर नेटवर्कबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ ।
कार्यक्रममा डिलरका प्रतिनिधिहरुलाई हायरको नेपालमा वर्तमान बजार अवस्था, प्रतिस्पर्धात्मक स्थिति, सम्भावना तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी दिइएको थियो । हायर ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता नियोटेरिक नेपालका जनरल म्यानेजर भास्कर मुनानकर्मीले कम्पनीको समग्र परिचय दिँदै गोल्छा अर्गनाइजेशन अन्तर्गत हायरको यात्रा, उपलब्धि र नेपालमा यसको विस्तारबारे जानकारी गराए । उनले हायर ब्रान्डलाई नेपालमा स्थापित गर्न डिलरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
त्यसैगरी, कम्पनीका स्ट्राटेजिक बिजनेश हेड शैलेन्द्र झाले प्रस्तुती दएका थिए । उनले नेपालमा हायरको वर्तमान बजार अवस्था, प्रतिस्पर्धात्मक स्थिति, सम्भावना तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी दिए । साथै उनले नेपालमा स्मार्ट होम तथा आधुनिक उपकरणहरूको बढ्दो मागलाई मध्यनजर गर्दै हायरले आफ्नो उपस्थिति अझ सशक्त बनाउने समेत बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका सर्भिस हेड शुभाष खड्काले बिक्रि पश्चात ग्राहकलाई दिइने सर्भिसको महत्वबारे प्रकाश पारे । उनले कुनै पनि ब्रान्डको दीर्घकालीन सफलताका लागि गुणस्तरीय सर्भिस अपरिहार्य रहेको उल्लेख गर्दै डिलर नेटवर्कसँगको सहकार्य र प्रभावकारी समन्वयमार्फत ग्राहकलाई थप सेवा उपलब्ध गराउन सकिने धारणा व्यक्त गरे । यस कार्यक्रममा हायरका नवीनतम तथा लोकप्रिय उत्पादनहरूको विशेष प्रोडक्ट डिस्प्ले पनि गरिएको थियो, जसले डिलरहरूलाई उत्पादनबारे प्रत्यक्ष जानकारी लिन र अनुभव गर्न सहयोग पु¥याएको छ । साथै, डिलरहरूसँग अन्तरक्रिया, अनुभव आदानप्रदान तथा विभिन्न इन्गेजमेन्ट गतिविधिहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो ।
कार्यक्रमलाई अझ आकर्षक बनाउन मनोरञ्जनात्मक प्रस्तुति, नृत्य तथा सांगीतिक कार्यक्रमहरू पनि समावेश गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने लक्की ड्रमार्फत सहभागीहरू विभिन्न उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले डिलरहरूलाई धन्यवाद ज्ञापन गर्दै डिलरहरुको निरन्तर सहयोग र विश्वासका कारण हायरले सफलता हात पारेको बताए । उनले आगामी दिनमा पनि हायर र डिलर नेटवर्कबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।


