
सेयर बजारमा सामान्य सुधार, ८ अर्ब ८१ करोडको कारोबार



काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ५.८२ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा २७८२.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले घटेर ४७३.२३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । आज सेयर बजारमा कारोबार रकममा भने भारी गिरावट आएको छ ।
आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कत्तिा सेयर १ लाख ३ हजार २२५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २४ हजार ३३५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


