
आरविवि मर्चेन्ट बैंकिङमा म्यानेजर पदका लागि दरखास्त आह्वान



काठमाडौं । आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनीका रूपमा रहेको यस संस्थाले लगानी तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा काम गर्न योग्य, ऊर्जाशील र परिणाममुखी नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
संस्थाले म्यानेजर पदमा १ जना कर्मचारी करार सेवामा भर्ना गर्ने जनाएको छ। उक्त पदका लागि मान्यता प्राप्त संस्थाबाट सीए/एसीसीए/सीएफए उत्तीर्ण गरेको हुनु पर्नेछ। यस पदका लागि उम्मेदवारसँग अधिकृत तहमा कम्तीमा १ वर्षको कार्यानुभव हुनु पर्नेछ। यस्तो अनुभव कम्पनी, फर्म, प्रचलित कानुनअनुसार दर्ता भएका संस्था, गैरसरकारी संस्था, विश्वविद्यालय, शिक्षण सेवा वा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आबद्ध संस्था वा फर्ममा हासिल गरेको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ।
उमेरको हदमा ५० वर्ष ननाघेको हुनु पर्नेछ। तलब, भत्ता तथा अन्य सेवा सुविधा संस्थाको नियमअनुसार उपलब्ध गराइनेछ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।


