
प्रि ओपन सेसनमा झिनो अंक घट्यो नेप्से



काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४७.७१ अंक घटेर २८३१.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०३ अंक घटर २८३१.३६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९५ पटकको कारोबारमा ४१ लाख ४५ हजार २७८ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


