१ खर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक
काठमाडौं । बुधाबार नेपाल राष्ट्र बैंकले एकैपटक बजारबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ । हाल बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले पुस ३ गते १ सय अर्ब रुपैयाँ उठाउने भएको हो।
यता, राष्ट्र बैंकले २१ दिन अवधीका लागि उठाउन लागेको १ सय अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले पुस २४ गते फिर्ता पाउने छन् भने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने जनाइएको छ ।
बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । त्यसको मतलब सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने सूचना आज जारी गरिएको हो ।