
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर र सोको रकम समेत खुलाएर काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ।

