
प्रिमियरका केटा समूहले निसा फुटबलर यू–१९ जेभियर बास्केटबल प्रतियोगिताका विजेता



काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुल काटा समहुले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उपाधि जितेका छन् । फुटबल टोलीले नेपाल इन्टर–स्कुल स्पोट्र्स एसोसिएसन (निसा) लिग फुटबल २०२६ जित्यो भने बास्केटबल टोली १२औँ जेभियर इन्टरनेसनल यू–१९ बास्केटबल प्रतियोगिता मा अपराजित रहँदै च्याम्पियन बन्यो ।
फुटबलमा, प्रिमियरले सेमिफाइनलमा द ब्रिटिश स्कुल लाई२–० ले हरायो । फाइनलमा जेम्स सँगको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ५–४ ले जित निकाल्दै प्रिमियरले उपाधि जित्यो। गोलकिपर रेजिश न्यौपाने (आईबी डीपी २) लाई प्रतियोगिताको बेस्ट प्लेयर घोषित गरियो ।
फुटबल टोलीमा श्यामिर श्रेष्ठ (कप्तान, आईबी डीपी २), रेजिश न्यौपाने (आईबी डीपी २), श्याम श्रेष्ठ (आईबी डीपी २); निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, इशान गौचन र रिशित मैनाली (सबै एनईबी १२); तेन्जिङ दावो लामा र आर्यक कार्की (आईबी डीपी १); ओलिभर कार्की, आरजल अधिकारी र आरुष कार्की (एनईबी ११); संकल्प पोखरेल (ग्रेड १०); अभिम रोका मगर र नोआ राय (एमवाईपी ४); र अर्जु टी. राजभण्डारी (एमवाईपी ३) रहेका थिए। टोलीका प्रशिक्षक सुरज महर्जन, सञ्जय श्रेष्ठ र सुगत श्रेष्ठ थिए ।
बास्केटबलमा, प्रिमियरले प्रतियोगिताभर सबै खेल जितँदै अपराजित रह्यो। टोलीले लिग चरणमा गोल्डेन गेट कलेज (४६–४४), दिव्य कलेज (७०–२१) र जेभियर बी (९१–१८) लाई हरायो। त्यसपछि क्वार्टरफाइनलमा टाइम्स कलेज (५३–११), सेमिफाइनलमा जेभियर (७३–६१) र फाइनलमा बीकेएसपी, बंगलादेश (६७–४३) लाई पराजित गर्दै उपाधि जित्यो ।
बास्केटबल टोलीमा दावा टी. लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी र आदम्य महर्जन (सबै एनईबी १२); आश्विन चालिसे र सुप्रिम महर्जन (आईबी डीपी १); सयुग्य महत (एनईबी ११); र काइ योशी प्रजापति (ग्रेड ९) रहेका थिए। टोलीका प्रशिक्षक सधिश प्रधान थिए । जो नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान हुन् ।

