
मन्जुश्री फाईनान्सको ग्लोबल मनी वीक २०२६ मनायो



काठमाडौं । ग्लोबल मनी वीक २०२६ अन्तर्गत मन्जुश्री फाईनान्सले आफ्ना विभिन्न शाखाहरु मार्फत प्रभात फेरीका साथसाथै अन्य कार्यक्रमहरु सफलता पुर्वक आयोजना गरेको छ ।
यस ग्लोबल मनी वीक २०२६ को मूल आधार Smart Money Talks भन्ने अभिप्रायलाई आत्मसाथ गर्दै मन्जुश्रीले विभिन्न संघ संस्था तथा युवालाई मध्येनज़र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रम गरेको छ । बैंकिंग साक्षरतालाई अहमता दिदै आयोजित कार्यक्रमहरुमा विभिन्न वर्गका सहभागीहरुको उपस्थिति रहेको थियो ।
देश विदेशमा चलिरहेको यस सप्ताहलाई मन्जुश्रीले उच्च प्राथमिकता दिदै आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न अर्थमुलक कार्यक्रमहरु सप्ताह भरिनै गरिरहने जानकारी गराएको छ ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ।

